१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

गगन थापालाई लक्षित गरी बम विस्फोट, एघार जना घाइते



काठमाडौं, १८ मंसिर ।
काठमाडौंको चपलीहाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा सहित एघार जना घाइते भएका छन् ।

चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको चपलीहाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको टाउको र कम्मरमा चोट लागेको उहाँको सचिवालयले जनाएको छ । थापा सहित सबै घाइतेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७४ सोमबार ००:००  १० : ५२ बजे