१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आज देखि तीन दिन सम्म सीमानाका बन्द



कपिलवस्तु, १९ मंसिर ।
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै तीन दिनका लागि कपिलवस्तुका सीमा नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले गए राती १२ बजे देखि मंसिर २१ गते साँझ ५ बजे सम्मलाई बर्डर सील गरेको हो । बर्डर सिलका लागि भारतीय अधिकारीहरुसंग समन्वय गरिएको प्रजिअ मदन भुजेलले बताउनुभयो ।
३ दिन भारतबाट नेपाल र नेपालबाट भारत पैदल यात्रामा समेत रोक लगाईएको छ । यस्तै सावारी साधानहरु टांगा, साईलक, ट्रक, जीप, ट्याक्टर, कार, बसलाई समेत बर्डरबाट आउँजाउँ गर्न निषेध गरिएको प्रजिअ भुजेलले जनाउनुभयो ।
जिल्लाका ३ प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचन हुँुदैछ । जिल्लामा कृष्णनगर, मर्यादपुर चाकरचौडा लगायत गरि एक दर्जन सीमानाकाहरु छन ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ३ : ३६ बजे