१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बम बिस्फोटले सुरक्षाको चुनौती थपिदै, ५ हजार बढी सुरक्षाकर्मी परिचालन



किरणमान ब्रजाचार्य, १९ कपिलवस्तु मंसिर ।
कपिलवस्तुमा ३ दिन यता लगातार अज्ञात समुहले गराएको बम बिस्फोटले निर्वाचनमा सुरक्षाको चुनौती थपिएको छ । बम बिस्फोटले केन्द्रमा खटिने कर्मचारी र मतदाता त्रसित बनेका छन । शुक्रवार देखि आइतबार सम्म उम्मेदवार तथा निर्वाचनलाई लक्षीत गरी ७ वटा बम बिस्फोट भई सकेको सुरक्षाकर्मीहरु बताउछन ।
जिल्लाको क्षेत्र नम्बर ३ अन्र्तगत सुदुरपश्चिमी क्षेत्रमा शुक्रवार २ वटा बम बिस्फोट गरिएको थियो । जसमध्ये नया शक्ति पार्टीका उम्मेदवार ईलिसाय मुसलमानलाई लक्षीत गरी एउटा बम बिस्फोट गराईएको थियो । बिस्फोटले उहाले प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा क्षति पुगेको थियो ।
गत शनिवार पकडीको बर्रोहयिामा प्रचण्डको आमसभालाई लक्षीत गरी समेत बम बिस्फोट गराईएको थियो । कपिलवस्तु नगरपालिकाका– १० मा एउटा, चन्द्रौटा बजारमा एउटा बम बिस्फोट गराईएको थियो । आईतवार राति कांग्रेसका क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यलाई लीषत गरी २ वटा बम प्रहार गरिएको बताइएको छ ।
बिस्फोट र प्रहार नेत्र बिक्रम चन्द्रको नेपाल कप्युनिष्ट पार्टीले गराएको प्रहरीको आकलन छ । प्रहरीले निर्वाचन अवधिभर बिप्लवले राम्रो पटक रहेको शिवगढीलाई सेल्टरका रुपमा हेरेका छन । त्यसैले पनि कपिलवस्तु सुरक्षाको दृष्टिकाले अहिले सम्म अति संबेदनशील सुचीमा छन । २ सय ३३ मतदान स्थल मध्ये १ सय ५३ मतदान स्थल अति संबेशनशील सुचीमा राखिएका छन । प्रहरीले बिस्फोटमा संलग्न अझै सम्म कसैलाई पक्राउ भने सकेको छैन ।
सुरक्षा स्रोतका अनुसार निर्वाचनको सुरक्षालाई मध्य नजर गर्दै एक दर्जन बढी बिप्लवका समुहका कार्यकर्ता नियन्त्रणमा लिईएका छन । उता प्रजिअ मदन भुजेलले निर्वाचनका लागि भरपर्दो सुरक्षा मिलाईएको र बम बिस्फोट गराउने समुहको ब्यापक खोजी भईरहेको बताउनुभयो ।
निर्वाचनमा म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना गरी कुल ५ हजार ३४१ सुरक्षाकर्मी परिचालन हुने जानकारी दिनुभयो । आगामी निर्वाचनमा म्यादी, २ हजार ४७४ नेपाल प्रहरी १ हजार २०७, सशस्त्र प्रहरी ८ सय १० र नेपाली सेना ८ सय ५० जनाले सुरक्षा दिने छन । मतदान स्थल र केन्द्रमा पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा प्रदान गर्नेछन । निर्वाचन स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पेट्रोलिन समेत गर्नेछ ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ३ : ४२ बजे