७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मदिरा बेचविखन र प्रयोगमा रोक



मायादेवी अनलाइन, कपिलवस्तु, १९ मंसिर ।
निर्वाचनको सुरक्षालाई मध्यनजर राखी जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले मदिरा तथा मदिराजन्य पदार्थ बिक्री वितरण र उपभोगमा पनि रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले सार्वजनिक सूचना जारी गरी गए राती १२ बजे देखि मंसिर २१ गते सम्म जिल्ला भित्र कुनै पनि प्रकारका मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन, बिक्री, वितरण तथा उपभोग गर्न पूर्णरूपमा बन्देज गरिएको जनाएको छ ।
यदि कोही कसैले उक्त सार्वजनिक सूचना उल्लंघन गरे वा बर्खिलाप गरे कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी मदन भुजेलले प्रष्ट पार्नुभएको छ । यस्तै, निर्वाचनको दिन बिहान ५ देखि साँझ ७ बजेसम्म कार्यालयमा उपलब्ध गराएर सवारी पास लिएका सवारी साधनबाहेक अन्यलाई चलाउन रोक लगाइएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ३ : ४३ बजे