१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सरकार भन्छ, बम विस्फोट प्रति सर्तक रहनु



काठमाडौं, १९ मंसिर ।
देशका विभिन्न ठाउँमा बम विस्फोटका घटना बढेकाले सर्तक रहन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर विस्फोटको घटना बढेकाले सर्तक रहन आग्रह गरेको हो ।
मन्त्रालयले आफ्नो गाउँ घर, छर छिमेकमा वरिपरी कोही नचिनेको व्यक्ति वा शंकास्पद गतिविधि र शंकास्पद वस्तु वा समान देखे तत्काल प्रहरीमा खबर गर्न पनि आग्रह गरेको छ । प्रहरी कन्ट्रोलको सम्पर्क नम्बर एक सय वा नजिकको सुरक्षा निकायमा खबर गरी सहयोग गरिदिन मन्त्रालयले अपिल गरेको हो ।
दोस्रो चरणको चुनाव नजिकिँदै गर्दा उम्मेदवार लक्षित विस्फोटको घटना बढ्दै गएको छ । डर र त्रास बढे पनि सुरक्षा प्रबन्ध मिलाउन नसकेको गुनासो आइरहेका बेला सरकारले भने ढुक्क हुन आग्रह मात्र गर्दै आएको छ ।
सुरक्षा निकायबिच समन्यव र सरकारले स्पष्ट निर्देशन नदिँदा दोषीलाई कारबाही गर्न नसकेको सुरक्षा अधिकारीले बताउँदै आएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७४ मंगलबार ००:००  ४ : ०० बजे