१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

महोत्सवको काम ७५ प्रतिशत



पार्वती पाण्डे, कपिलवस्तु, २० मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता , युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को काम तिब्र रुपमा अगाडि बढेको छ ।
भगवान गौतम वुद्धको गृह जिल्ला बाणगंगा नगरपालिका स्थित वुद्ध रंगशाला ४ नं जितपुरमा यहि आउदो मंसिर २३ गते बाट महोत्सव शुरु भई पौष ५ गते महोत्सवको समापन हुने छ ।
महोत्सव सफल पार्नका लागि २३ वटा विषयगत समिति तथा संयोजकहरुलाई जिम्मेवारी प्रदान गरि काम दु्रत गतिमा अगाडि बढाइएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनु भयो । अहिले सम्म महोत्सवको ७५ प्रतिशत काम भएको उहाँले प्रष्ट्याउनु भयो ।
अहिले सम्म करिब ३ सय स्टल वुकिङ भैसकेको स्टल तथा स्थल व्यवस्थापन संयोजक जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । महत्वसलाई भब्य र सभ्य बनाउन मंगलवार महोत्सव सचिवालयको वैठक बसेको छ ।
वैठकले विभिन्न सरकारी, गैरसकारी, उद्योगी व्यापारी, संघसंस्था, क्लव, आमा समुह संग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । साथै महोत्सव उद्घाटनको दिन मंसिर २३ गते भव्य रुपमा र्याली निकाल्ने निर्णय भएको छ ।
त्यसका लागि आआफ्नो संस्थाको पहिचान झल्कने गरि प्लेकार्ड ब्यानर सहित उल्लेख्य उपस्थिती हुने निर्णय गरिएको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनु भयो ।
महोत्सवलाई सफल पार्न संयोजक खाँणले जिल्लावासी सम्पुर्णमा विनम्र अनुरोध गर्नु भएको छ । युवाहरुको सक्रियतामा वाणगंगा वेलफेयर सोसाइटी कपिलवस्तुको आयोजनामा महोत्सव हुन लागेको हो ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  २ : ०४ बजे