१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

खेतीयोग्य जमिन आवासीय रुपमा उपयोग



घोराही, दाङ, २० मंसिर ।
खेतीयोग्य जमिनमा आवास बनेर उब्जनी कम हुन थालेकामा राजनीतिक नेतृत्वको ध्यान नगएको दाङ्का किसानले गुनासो गरेका छन् ।
राप्ती नदीको किनारमा रहेको दाङ उपत्यकामा वर्षमा ३ बाली लाग्ने भए पनि विगत एक दशकअघि देखि आवासीय क्षेत्रका रुपमा विकास हुन थालेको हो ।
कम उब्जनी हुने स्थानमा बस्ती बसाएर बढी उब्जनी हुने उर्वर भूमिमा खेती गरिनुपर्नेमा सरकार एवम् राजनीतिक नेतृत्वको अदूरदर्शिताका कारण लुम्बिनी र राप्ती अञ्चलका अन्य जिल्लाबाट बसाइँ–सराइ गर्नेको भूमि बन्न पुगेको छ ।
स्थानीय किसान श्यामलाल चौधरी पाँच वर्षअघिसम्म कमाएको जग्गा साहुले बेचेपछि आफूले उब्जनी गर्ने ठाउँ नपाएको बताउनुहुन्छ । घर बनाउन चलेको भाउभन्दा बढी दिन आउनेलाई जग्गा बेचेर मोहियानी हक बापतको थोरै रकम बुझेर खेती गर्ने स्थानको अभावमा बस्नुपरेको उहाँको भनाइ छ ।
जिल्लामा यो एउटा प्रतिनिधि उदाहरण मात्र हो । जोडिएका पहाडी जिल्लाका युवा कामका लागि विदेशिएपछि आएको विप्रेषणले परिवारले उब्जाउ हुने शहरी क्षेत्रमा जग्गा किनी आवास निर्माण गर्न थालेका छन् । (रासस)

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  २ : ४९ बजे