२० आश्विन २०७९, बिहिबार | Thu Oct 6 2022

कांग्रेस उम्मेदवार लक्षित बम विष्फोट भएको छैन – प्रहरी



कपिलवस्तु, २० मंसिर ।
घरमा पार्किङ गरि राखेको जीप माथि अज्ञात समूहले बम विस्फोट गराएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० नौगैया मा घरमा रोकि राखेको जीप माथि अज्ञात समूहले मङ्गलबार राती बम विस्फोट गराएको हो । बुधबार विहान पौन ५ बजे मात्र बम विस्फोट बारे प्रहरीलाई जानकारी गराइएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले बताए । घटनास्थल पुग्दा जीपको अगाडीको भाग क्षतिग्रस्त अवस्थामा देखिएको प्रहरी निरिक्षक कार्कीले जनाए ।
स्थानीय रामखेलवन थारुको लु १ ज २४०९ नम्बरको सार्वजनिक जीप घरमा पार्किङ गरि राखिएको बेला बम विफोस्ट गराएको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक प्रह्लाद अधिकारीले घटनाको अनुसन्धान भैरहेको जनाए ।
उक्त गाडी प्रतिनिधिसभा १ को प्रदेशसभा (१) का कांग्रेस उम्मेदवार पूर्ण प्रसाद चौधरीको भएको प्रहरी नायव उपरिक्षक अधिकारीले बताए । उम्मेदवारको गाडी माथि बम विस्फोट भनि भ्रम मात्र फैलाइएको प्रहरी बताउँछ । सोमबार देखि मौन अवधि शुरु भएको र चुनावी प्रचार प्रसार अवधिभर उक्त गाडी उम्मेदवारले प्रयोग नगरेकोले उम्मेदवारको गाडी माथि बम विस्फोट नभएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७४ बुधबार ००:००  २ : ०६ बजे