१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा बम आतङ्क



दिपक अनुरागी, २१ मंसिर ।

कपिलवस्तुका ७÷८ ठाउँमा मतदातालाई डर त्रास देखाउन शंंकास्पद बस्तु राखेको प्रहरीले जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले शंकास्पद बस्तुलाई सुरक्षा दिएर डिस्पोज गराएको समेत छ । कतिपय स्थानमा राखिएका संकास्पद बस्तु कागजले बेरेर माटो राखेर डर त्रास देखाएको प्रहरीले जनाएको छ ।

कुल ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका छन् । प्रतिनिधी सभाको ३ र प्रदेश सभाको ६ निर्वाचन क्षेत्रबाट १ सय ८१ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा अहिले शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ४ : ०० बजे