१० मंसिर २०७९, शनिबार | Sat Nov 26 2022

कपिलवस्तुमा दिउँसो ४ बजे सम्म ६२ प्रतिशत मत खस्यो



मायादेवी अनलाइन, मंसिर २१ ।
कपिलवस्तुमा अहिले सम्म शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । ३ प्रतिनिधिसभा र ६ प्रदेशसभा रहेको जिल्लामा अहिले सम्म कुनै पनि अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
दिउँसो ४ बजे सम्म जिल्लामा ६२ प्रतिशत मतदान भएको प्रजिअ भुजेलले जनाए । जिल्लाका २ सय ३३ मतदान स्थल र ४ सय १० केन्द्रमा मतदान भैरहको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  १० : ४१ बजे