१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मतगणना भोली देखि सदरमुकाम तौलिहवामा हुने



भुपाल थापा, तौलिहवा, २१ मंसिर ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन कपिलवस्तुका मुख्य निर्वाचन अधिकृत ओमकार उपाध्यायका अनुसार शुक्रबार विहान मात्र सर्वदलिय बैठक बोलाइएको छ । जिल्लाको पश्चिमी क्षेत्र विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको कारण शुक्रबार विहान सर्वदलिय बैठकबाट मतगणना शुरु गर्ने उपाध्यायले बताए ।
प्रतिनिधिसभा सदस्यका ३ र प्रदेशसभाका ६ क्षेत्र रहेको कपिलबस्तुमा मतगणना सदरमुकाम तौलिहवाका २ छुट्टाछुट्टै बिद्यालयमा गरिने छ । मुख्य निर्वाचन अधिकृत उपाध्यायका अनुसार निर्वाचन क्षेत्र नंम्बर १ र ३ को बुद्ध पद्म माबि र क्षेत्र नंम्बर २ को तौलेश्वर संस्कृत माबिमा गरिनेछ ।
यसपटकको मतगणना गर्दा सिसिटिभी जडान गरिने भएको छ । निर्वाचन क्षेत्र नं. १ को मतगणना ४ वटा कोठामा गरिने छ । यस्तै क्षेत्र नं. २ को ३ वटा कोठा र ३ को पनि ३ वटा कोठामा गणना गरिने छ । प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।
प्रत्येक कोठामा ७ जना कर्मचारी ८ घण्टाका दरले काम गर्ने समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला कपिलबस्तुमा भने तारजाली नराखी गणना गरिने बताइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  २ : ४३ बजे