१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कपिलबस्तुमा मतदान शान्तिपूर्ण



अबिनाश बेल्बासे, वाणगंगा, २१ मंसिर ।
कपिलबस्तुमा मतदान शान्तपुर्ण तरिकाले सम्पन्न भएको छ । कपिलवस्तुका प्रहरी नायब उपरिक्षक पह्लाद अधिकारीका अनुसार कपिलबस्तुमा आज भएको निर्वाचन जिल्लाभरी शान्ति पूर्वक रुपमा सम्पन्न भएको छ ।
गएराति जिल्लाका केहि स्थानमा आपराधिक समुहले पटका पट्काएर मतदातामा डर पैदा गर्न खोजेपनि मतदाता बिहानैदेखि मत हाल्न उत्साहित भएर उपस्थित भएको उहाको भनाई छ ।
चुनाब बहिस्कारको घोषणा गरेको नेत्र बिक्रम चन्द (बिप्लप) को गृह जिल्ला कपिलबस्तु भएकाले प्रहरीले जिल्लाभरिनै सुरक्षा व्यवस्था कडा गरेको थियो ।
प्रहरीले निर्वाचन अवधिभर बिप्लवको राम्रो पकड रहेको शिवगढीलाई सेल्टरका रुपमा हेरेका थियो । त्यसकारण जिल्लामा सुरक्षा व्यबस्था चुस्त दुरुस्त राखिएको आम नागरिकहरुको बुझाई छ ।
निर्वाचन शान्त र मर्यादित तरिकाबाट सम्पन्न गर्नका लागि जिल्लामा म्यादी, नेपाल र सशस्त्र प्रहरी र नेपाली सेना गरी कुल ५ हजार ३ सय ४१ सुरक्षाकर्मी परिचालन भएका थिए । दोस्रो चरण अन्र्तगत बिहिबार सम्पन्न निर्वाचनमा म्यादी, २ हजार ४ सय ७४, नेपाल प्रहरी १ हजार २ सय ७, सशस्त्र प्रहरी ८ सय १० र नेपाली सेना ८ सय ५० जनाले सुरक्षा दिएका थिए ।
मतदान स्थल र केन्द्रमा पहिलो घेरामा म्यादी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा नेपाली सेनाले समेत सुरक्षा प्रदान गरेका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७४ बिहिबार ००:००  ३ : ०७ बजे