११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

नवौ कपिलवस्तु महोत्सवको उदघाटन नेता बलदेव र दिपकुमार उपाध्यायले गर्ने



पार्वती पाण्डे कपिलवस्तु २२ मंसिर ।
“एक्काइसौं शताब्दीको आवश्यकता , युवा उद्यमशिलता ” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ को सम्पुर्ण तयारी पुरा भएको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनु भयो ।
भगवान गौतम वुद्धको गृह जिल्ला बाणगंगा नगरपालिका स्थित वुद्ध रंगशाला ४ नं जितपुरमा यहि आउदो मंसिर २३ गते बाट महोत्सव शुरु भई पौष ५ गते महोत्सवको समापन हुने छ ।
महोत्सवको एक भव्य समारोहका विच शनिवार ठिक १ वजे जिल्ला देखि अन्तरराष्ट्रिय स्तर सम्म पहिचान बनाएका लोकप्रिय नेताहरु बलदेव खनाल र दिपकुमार उपाध्यायले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम तय गरिएकोे महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनु भयो । उक्त उद्घाटनको अवसरमा सरिक हुनका लागि निर्देशक क्षेत्रीले जिल्लाका सम्पुर्ण राजनैतिक दल , सञ्चारकर्मी , वुद्धिजिवी ,शिक्षक , नागरिक समाज , युवा सबैमा विनम्र अनुरोध गर्नु भएको छ ।
महोत्सवमा अहिले सम्म करिब ३ सय स्टल वुकिङ भैसकेको स्टल तथा स्थल व्यवस्थापन संयोजक जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । वाणगंगा वेलफेयर सोसाइटी कपिलवस्तुको आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवको मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रा.ली. र सह प्रायोजकमा आइएमई रेमिट पानी पोखरी काठमाण्डौ रहेको छ ।त्यसै गरि मिडिया पार्टनरमा रेडियो वुद्ध आवाज , वुद्धआवाज टेलिभिजन , वुद्धदर्पण दैनिक , वुद्धआवाज , कपिलवस्तु दर्पण , लुम्विनी दर्पण ,वुद्धसनेस साप्ताहिक , रेडियो वाणगंगा , रेडियो हर्ट विट , नमस्ते टेलिभिजन रहेको मिडिया संयोजक पार्वती पाण्डेले जानकारी दिनु भयो ।
युवा उद्यमशीलता तथा व्यवसायिक क्षेत्रको प्रवद्र्धनको लागि उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्नु , लघु , ममmौला तथा ठुला उद्योगहरु तथा उद्यमीहरुको प्रचार प्रसार तथा उत्पादकहरुको प्रोत्साहन गर्नु महोत्सवको उद्देश्य रहेको छ ।
जिल्लालाई आकर्षक पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न यहाँका ऐतिहासिक , पुरातात्विक तथा पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्दै आन्तरिक र वाहृय पर्यटनमा सहयोग पुर्याउने आयोजनकले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७४ शुक्रबार ००:००  २ : ५६ बजे