१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्रदेश नं ५ का गुल्मी र पाल्पामा वाम गठबन्धनले ‘क्लिन स्वीप’



पाल्पा २५ मंसिर पाल्पा २५ मंसिर ।

गुल्मी र  पाल्पा जिल्लामा  वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई ÷दुई र प्रदेशसभा सदस्यका ४÷४  सिट रहेको गुल्मी र पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले जिल्लालाई कम्युनिष्ट किल्ला बनाएको हो ।पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित गर्नुभयो । प्रतिस्पर्धी घिमिरेले २३ हजार ९९३ मत ल्याउनुभयो । यस्तै क्षेत्र नं. २ मा पनि एमालेका रोमप्रसाद पाण्डेयले ३४ हजार ८९९ मत ल्याएर कांग्रेसकै हरिप्रसाद नेपाललाई पराजित गर्नुभएको छ ।नेपालले २४ हजार ५५४ मत ल्याउनुभयो । यस्तै क्षेत्र नं. १ (क)मा गठबन्धनबाटै एमालेका युवराज खनालले कांग्रेसका वेदराज ढकाललाई पराजित गर्नुभयो । खनालले १७ हजार ८५१ मत ल्याउनुभयो भने ढकालले १३ हजार ६६० मत ल्याउनुभएको छ । क्षेत्र नं. १ (ख) मा पनि एमालेकै नारायणप्रसाद आचार्यले १२ हजार ७६५ मत ल्याएर कांग्रेसका दानबहादुर पछाई क्षेत्रीलाई पराजित गर्नुभएको छ । पछाई क्षेत्रीले १० हजार ५०२ मत ल्याउनुभयो । यता क्षेत्र नं. २ (क) मा पनि एमालेकै पुरनमान बज्राचार्यले १८ हजार ४२ मत ल्याएर कांग्रेसका माधवप्रसाद नेपाललाई पराजित गर्नुभएको छ । प्रतिस्पर्धी नेपालले १३ हजार ४७० मत ल्याउनुभएको छ । प्रदेश (ख) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका तुलाराम घर्ती मगरले १६ हजार ४२२ मत ल्याएर कांग्रेसका रामबहादुर कार्कीलाई पराजित गर्नुभएको छ । कार्कीले ११ हजार ४९६ मत ल्याउनुभयो ।

यता गुल्मीमा प्रतिनिधिसभा १ र २ मा वाम गठबन्धन (एमाले) का उम्मेदवार प्रदीप ज्ञवाली र गोर्कण विष्ट विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ मा ज्ञवालीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्र भण्डारीलाई पछि पार्दै जित हासिल गनुभएको हो । ज्ञवालीले ३७ हजार ८१४ मत ल्याई विजयी हुनुभएको हो भने नेपाली काँगे्रसका चन्द्र भण्डारीले ३० हजार २५६ मत ल्याउनुभएको थियो ।  यस्तै प्रतिनिधिसभा २ मा विष्टले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर केसीलाई पछि पार्दै जित हासिल गर्नुभएको छ । विष्टले ३४ हजार, ६१८ मत प्राप्तगरी विजयी हुनुभएको हो भने नेपाली काँगे्रसका चन्द्रबहादुर केसीले २० हजार १५६ मत ल्याउनुभएको थियो । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा १ र २ प्रतिनिधिसभामा वाम गठबन्धनका एमालेले विजय हासिल गरेको छ । भने ४ प्रदेशसभामा पनि गठबन्धनअन्तर्गत दुई एमाले र दुई माओवादीले विजयी हासिल गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७४ सोमबार ००:००  ३ : ०८ बजे