८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दाङमा वामको बर्चस्व, प्रदेशसभामा कांग्रेसको साख जोगाउने को हुन ?



दाङ, २५ मंसिर ।
दाङमा प्रतिनिधिसभा सदस्यका तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभामा भने कांग्रेसले एक सिट जित्दै साख जोगाउन सफल भएको छ ।

दाङ क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट एमाले उम्मेदवार मेटमणि चौधरी निर्वा्चित हुनुुभएको छ । पहिलो पटक आम चुनाव लडनुभएका चौधरी पूर्वसांसद एवम् नेपाली कांग्रेसकी उम्मेदवार सुशीला चौधरीलाई १३ हजार ८३४ मतान्तरले हराउनुभएको छ ।

कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको घर भएको दाङ क्षेत्र नम्बर १ मा जित निकाल्ने क्रममा चौधरीले ३७ हजार ९०८ मत प्राप्त गर्नुभएको । उहाको निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको छ ।

यसैगरी दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा भारी मत अन्तरले विजयी हुनुभएको छ । महराले कांग्रेसका पूर्वसांसद राजु खनाललाई १४ हजार १४५ मतान्तरले हराउनुभएको हो ।

दाङ क्षेत्रनम्बर ३ मा पनि वाम गठबन्धनका उम्मेदवार हिराचन्द्र केसी निर्वा्चित हुनुभएको छ । एमाले दाङ जिल्ला सचिव समेत रहेका रहनुभएका युवा नेता केसीले कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व सिचाइँ मन्त्री दीपक गिरीलाई पराजित गर्नुभएको हो ।

 

प्रकाशित मिति : २५ मंसिर २०७४ सोमबार ००:००  ३ : १६ बजे