१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

सिँचाइ अभावमा तोरी उत्पादनमा कमी



दाङ, २५ मंसिर ।
पर्याप्त जग्गा हुँदा पनि सिँचाइ सुविधा नहुँदा तोरी उत्पादनमा कमी आउने गरेको छ । बर्सेनी तोरीखेतीका लागि आकाशे पानीको भर पर्नु पर्छ । स्थानीयवासीले प्रशस्त खेतीयोग्य जमिन हुँदाहुँदै पनि तोरी उत्पादन नहुँदा बजारबाट तेल किनेर खान बाध्य भएको बताएका छन् ।

दाङ तोरीखेतीका लागि प्रख्यात जिल्ला भए पनि हाल भने जिल्लामा पर्याप्त उत्पादन हुन सकेको छैन । कुनै बेला प्रति परिवारले चारदेखि पाँच क्वीन्टलसम्म तोरी उत्पादन गर्दथे । केही वर्षयता तोरी उत्पादनमा गिरावट आएको स्थानीयवासी एकराज खड्काले बताउनुभयो ।

सो क्षेत्रमा तोरीका लागि श्रीकुला सिँचाइ योजना भए पनि सो कुलो जीर्ण हुँदा सिँचाइ गर्न सकिएको छैन । रासस

प्रकाशित मिति : २५ मंसिर २०७४ सोमबार ००:००  ३ : २५ बजे