८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मत परिणामले खडा गरयो रोचक तथ्य,



कपिलवस्तु, २६ मंसिर ।
कपिलवस्तुमा प्रत्यक्ष तर्फको मत गणना सकिएसंगै केही नया र रोचक तथ्यहरु सार्बजानिक भएका छन ।त्यही मध्येको एक हो बिगतमा सभासद भइसकेका नया शक्तिका क्षेत्र नम्बर ३ का उम्मेदवार इलियास मुसलमानले जम्मा २ सय ४३ मत पाउनुभयो । जनताले सायद चिनेनन् होला इलियास पूर्व सभाषद भैसक्नु भएको नेताहो भन्ने । माओवादी कपिलवस्तुका तर्फवाट पूर्व सभाषद भैसकेका ब्यक्तिले चुनावमा उठेर यति मत ल्याउनु पक्कै शुभसंकेत होइन ।
त्यसोत वर्तमान संसदीय ब्यवस्था ध्वस्त पार्न भन्दै मत माग्न उम्मेदवार वनेका बैद्य समुहका जिल्ला सचिव निरज कुमार केसीले मुठी चिन्हमा क्षेत्रनं १ मा २८४ मत पाउनु भयो । यसको अर्थहो १ लाख १६ हजार मतदातामा २ सय ८४ जना वर्तमान ब्यवस्थाका विरुद्धमा रहेछन् ।
क्षेत्र नं १ मै अर्काे रोचक परिणाम के देखा परयो भने जनसमाजवादी पार्टीका चेतनारायण उपाध्याय पन्थीले २ हजार ३सय ४६ मत पाउनु भयो । सायद यो पार्टीका यतिका धेरै सदस्य कपिलवस्तुभरीमा पनि नहोलान । तर के गर्ने चक्रपाणी खनाल बलदेवलाई हसिया हथौडामा भोट दिन्छु भन्दा झुक्किएर पो हसिया तारामा यतिधेरै मत गयो की ? धेरैले यस्तै विष्लेषण गर्ने गरेका छन् ।
कपिलवस्तुको क्षेत्र नं १ मै अर्काे रोचक तथ्य फेला परयो । मुलुकका कुनैपनि अन्य ठाउमा उम्मेदवार नै नउठाएको केन्द्रिय अध्यक्ष आफै रहेको जीतवहादुर चौधरीको लोकतान्त्रिक जनता कांग्रेसले चुनाव चिन्ह २ आखामा ८सय १५ मत प्राप्त गरयो ।
पार्टी खोलेर वोर्ड झुण्डाउदैमा राजनीतिको ब्यापार गर्न सकिन्न भन्ने कुरा स्वयम जीत वहादुर चौधरीले राम्रैसंग बुझे होलान । राइज नामको गैरसरकारी संस्था चलायर विदेशी डलर कमाउनु जस्तो सजिलो राजनीति गर्नु छैन भन्ने । सायद राइजले वनाएका समुहका सदस्यले नै मत दिएका भएपनि हजारको संख्यामा आउन सक्थ्यो तर पत्याएनन् ।
मंगोल नेशनल अर्गनाइजेशन नामको पार्टीले कुखुराको भाले चिन्हमा कपिलवस्तुको क्षेत्र नं १मा टेक वहादुर पुनका पक्षमा २२७ मत प्राप्त गरयो । भाले मनपराउनेहरु पनि रहेछन् भन्ने तथ्य खुल्यो तर यो नामवाटै प्रष्टीएको जातीय पार्टीले के गर्ने हो काम खुल्न सकेन ।
लामो समय वाम राजनीतिमा पूर्णकालिन भएर काम गरेका प्रखर बक्ता इन्द्रमणी पौडेलले नयाँ शक्तिका तर्फवाट क्षेत्र नं २ मा १३२ मत ल्याउनुलाई धेरै टिप्पणी गर्नु उचित नहोला । कुनै सामान्य कार्यकर्ता उठाएर उम्मेदवार वनाएको भए राम्रै हुन्थ्यो माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार भएका वखत नयाँ शक्तिमा लाग्दैमा जनताले विश्वास गरेनन् भन्ने प्रष्टै भयो ।
दलितको पार्टीले उम्मेदवार खडा गरेमा कसरी दलितहरु एकत्रित हुदा रहेछन् भन्ने गतिलो उदाहरण यसपाली क्षेत्र नं ३ का दलित मतदाताले प्रस्तुत गरे । बहुजन शक्रिपार्टीका प्रतिनिधी सभा सदस्य उम्मेदवार एहशान अहमद खाँले ५ हजार मत प्राप्त गरे ।
यो मत आफैमा एउटा रोचक पक्षहो । ५ हजार दलित एकैठाउमा मत खनाउन वाध्यछन् भने त्यहा जातीय विभेद पनि उच्च नै होला । यसरी खसेका भोट भित्रका रहस्य फेला परे कपिलवस्तुमा ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  १ : ५० बजे