१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँची जिल्ला वाम गठबन्धनको लालकिल्ला !



बिष्णुकुमार आले, अर्घाखाँची, २६ मंसिर ।
अर्घाखाँचीमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधीसभा सदस्यका लागी एक र प्रदेशसभा सदस्यका लागी २ सिट रहेको अर्घाखाँचीमा सबै सिटमा बिजयी हासिल गर्दै वाम गठबन्धनले अर्घाखाँची जिल्लालाई कम्युनिष्टको लाल किल्ला बनाएको छ ।
प्रतिनिधी सभाका लागी अर्घाखाँचीमा वाम गठबन्धनबाट माओबादीकेन्द्रका टोप बहादुर रायमाझीले ५० हजार ८ सय ३७ मत ल्याएर नेपाली काग्रेसका डा. राम बहादुर बिसीलाई १८ हजार २ सय ९३ मतको अन्तरमा पराजित गरेका गर्नु भएको छ ।
प्रतिस्पर्धी डा. राम बहादुर बिसीले ३२ हजार ५ सय ४४ मत प्राप्त गरि पराजय भए । यस्तै प्रदेश सभा सदस्यका लागी क्षेत्र नं १ बाट गठबन्धनबाटै एमालेका जिल्ला पार्टी अध्यक्ष समेत रहनु भएका चेतनारायण आचार्यले नेपाली काग्रेसका जिल्ला पार्टी सभापती समेत रहेका बिष्णु प्रसाद खनाल मुस्कानलाई १० हजार ६ सय १६ को फराकिलो मतान्तरमा पराजित गर्नु भएको छ ।
आचार्यले २४ हजार ७ सय ५१ मत ल्याउनु भयो भने खनालले १४ हजार १ सय ३५ मत प्राप्त गरि पराजय हुनुभयो ।
त्यस्तै प्रदेश सभा सदस्यका लागी क्षेत्र नं २ मा पनि पुर्व पार्टी जिल्ला अध्यक्ष समेत रहेका एमालेकै रामजी प्रसाद घिमिरेले २६ हजार १ सय ५९ मत ल्याएर काग्रेसका हिम्मत बहादुर टण्डनलाई पराजित गर्नु भयोे ।
टण्डनले १७ हजार २ सय ३३ मत प्राप्त गरि पराजय हुनुभयो । घिमिरेले टण्डनलाई ८ हजार ९ सय २६ को फराकिलो मतान्तरमा पराजित गर्नु भएको छ । एक प्रतिनिधी सभा दुई प्रदेश सभाका सबै सिटमा वाम गठबन्धनले जित हात पारेको छ ।
अहिले समानुपातीक तर्फको मतगणनामा पनि वाम गठबन्धनकै अग्रता देखिएको छ । केहीबेर पछी बिजेता सभासदहरुले जिल्ला मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेल बाट प्रमाणपत्र ग्रहण गर्ने र लगत्तै बिजय उत्सव मनाउने कार्यक्रम रहेको जनाईएको छ ।

 

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  ११ : ४२ बजे