१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नवलपरासी माओवादी केन्द्रका उम्मेदवारलाई फापेन



नवलपरासी, २६ मंसिर ।
पूर्वी र पश्चिम नवलपरासीमा वाम गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सबै उम्मेदवार पराजित भएका छन् । दुई जिल्लाबाट माओवादी केन्द्रले ५ जना उम्मेदवार उठाएको थियो । जसमा २ प्रतिनिधिसभा सदस्य र ३ वटा प्रदेशसभा सदस्य उम्मेदवार थिए । दुई जिल्लाबाट एमालेले दुई प्रतिनिधिसभा र ५ प्रदेशसभा सदस्य जिते पछि माओवादी केन्द्रका सबै उम्मेदवार भने पराजित भएका हुन ।
पूर्वी नवलपरासीमा प्रतिनिधिसभा सहित ३ जनाले उम्मेदवारी दिएका थिए । जसमा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा भविश्वर पराजुली, प्रदेशसभा १ (क) बाट सूर्यप्रसाद न्यौपानेले उम्मेदवारी दिनुभएको थियो भने निर्वाचन क्षेत्र नम्बर २ (क) बाट बालकृष्ण गैरेले उम्मेदवारी दिनुभएको थियो ।
त्यसैगरी पश्चिम नवलपरासीमा प्रतिनिधिसभा सहित २ जनाले माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थिए । जसमा क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा घनश्याम यादव र प्रदेशसभा २ (ख) मा कन्हैया कोहाँरले उम्मेदवारी दिनुभएको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७४ मंगलबार ००:००  ११ : ४४ बजे