३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

गुल्मीलाई सुखी र समृद्ध बनाउने नवनिर्वाचित ज्ञवालीको उद्घोष



गुल्मी, २७ मंसिर ।
गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वा्चित प्रदीप ज्ञवालीले मुलुकलाई स्थिरता र समृद्धि दिन राष्ट्रिय राजनीतिमा केन्द्रित भएर गुल्मी जिल्लालाई सुखी र समृद्ध बनाउने आफ्नो जिम्मेवारी र दायित्व रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) सचिव ज्ञवालीले अबको समय जिल्लाका महत्वपूर्ण पूर्वाधारलाई सम्पन्न गर्दै कृषिको आधुनीकीकरण, पर्यटन विकास, युवा स्वरोजगारका कार्यक्रमसँगै जिल्लालाई नमूना बनाउनका निम्ति घोषणा गरिएका कार्यक्रमको थालनीसँगै पुराना कामलाई निरन्तरता दिइने बताउनुभयो ।
नेपाली काँगे्रसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जिल्लाको विकासका निम्ति आफू निरन्तर लागिपर्ने बताउनुभएको छ ।
सदरमुकाम तम्घासमा नेपाल प्रेस युनियनले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा निर्वाचन पराजित भण्डारीले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा काँगे्रस कमजोर देखिए पनि संविधानको कार्यान्वयनको चरणमा अहिलेको निर्वाचनमा जसले जीते हारे पनि जनताकै जीत भएको बताउनुभयो ।
नेता भण्डारीले मुलुक राजनीतिक संकटको अन्त्य भएकाले देशलाई विकास र समृद्धिको बाटोतर्फ राजनीतिक दलहरु अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  १२ : ३६ बजे