१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

विजयउत्सव मनाउन गाउँ गाउँ नवनिर्वाचित सासंद



मायादेवी अनलाइन, कपिलवस्तु, २७ मंसिर ।
भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बामठबन्धनको तर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा १ का नवनिर्वाचित सासंद चक्रपाणी खनाल र प्रदेशसभा १ का प्रदेश सासंद विष्णु पंथी मतदाताको गाउँ गाउँमा पुग्नुभएको छ ।
विजयउत्सव मनाउन तीन दिन देखि व्यस्त बामगठबन्धनका नवनिर्वाचित सांसद सहितका हजारौँ सर्वसाधारणले मङ्गलबार वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा विजय ¥याली निकालेका छन् ।
विजय ¥याली पश्चात मतदाता सामु प्रतिवद्धता व्यक्त गर्दै प्रतिनिधिसभा १ का नवनिर्वाचित सांसद खनालले निर्वाचन अवधिभर मतदाता सामु गरेका सबै बाचा जिम्मेवारी तरिकाबाट पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मतदाताले आफुहरुलाई ठुलै जिम्मेवारी दिएको भन्दै सबैको हित हुने गरि काम गरेर देखाउने उहाले बचनबद्धता व्यक्त गनुभयो ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद पंथीले देशभर बामगठबन्धनको स्पष्ट बहुमत आएकोले अब देशमा राजनीतिक स्थिरता आउने बताउनुभयो । निकै मेहिनतका साथ आफुहरुलाई जनताले जिताएको भन्दै मतदाताले दिएको गुनलाई आफुहरुले कहिल्यै नबिर्सने बताउनुभयो ।
विजयउत्सव ¥यालीमा बमगठबन्धनका शिर्ष नेता, पूर्व सांसद, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सर्वसाधारण गरि हजारौँको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७४ बुधबार ००:००  ३ : ०७ बजे