२९ आश्विन २०८१, मंगलबार | Tue Oct 15 2024

पाल्पामा दाइँ लगाउने चलन हराउँदै



पाल्पा, २८ मंसिर ।
गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो ।
धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको मदनपोखराका किसान लीला बस्यालले बताउनुभयो । करिब आठ हजार ५०० हेक्टरमा धानखेती गरिँदै आएको छ । कम खर्च र छिटोछरितो रुपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित भएका हुन् ।
पाल्पा रामपुर नगरपालिका–४, खोपटायरका पार्वता खाम्चा धेरै कमदारले गर्ने काम थ्रेसरमा सहजै गर्न सकिने भएकाले आकर्षण बढेको बताउनुहुन्छ । गोरु र कामदार पाउन मुस्किल हुन थालेपछि थे्रसरको प्रयोग गर्न बाध्य भएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  १ : ४० बजे