७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तुमा समानुपातिक तर्फ कांग्रेस पहिलो दल



चुरामणि अर्याल, कपिलवस्तु २८ मंसिर ।
यहाँ प्रत्यक्षतर्फ १ प्रतिनिधि १ प्रदेशसभा मात्र जितेको काँग्रेस प्रतिनिधिसभा समानुपातिक तर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ । प्रतिनिधि सभा २ सिट र प्रदेश सभामा ४ सिट गरि ६ सिट जितेको एमाले कपिलवस्तु समानुपातिक तर्फ भने काँग्रेस भन्दा पछि परेको हो । समानुपातिक तर्फको मतगणना बुधबार सकिएको छ ।
प्रतिनिधि सभा तर्फ २ लाख ३० हजार ९२ मत गणना गरिएको मा २९ हजार ८ सय ९५ मत बदर भएको छ । ३ वटा निर्वाचन क्षेत्र मध्ये प्राप्त मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ १ निर्वाचन क्षेत्रमा मात्र एमालेले कांग्रेस भन्दा बढि मत प्राप्त गरेको छ । प्रदेशसभा तर्फ भने एमालेले बढि मत प्राप्त गरेको छ ।
काँग्रेस ६१ हजार २ सय ९२ मत ल्याएर पहिलो पार्टी बनेको छ । त्यसैगरी नेकपा एमालेले ६० हजार ९ सय ९४ मत ल्याएर दोस्रो पार्टी बनेको छ ।
भने २१ हजार ९ सय ६७ मत ल्याएर राजपा तेस्रो पार्टी , १८ हजार ६ सय ६७ मत ल्याएर संघिय समाजवादी फोरम चौथो बनेको छ भने १० हजार ८ सय ३३ मत प्राप्त गर्दै माओवादी केन्द्र पाँचौ नम्बरमा पुगेको छ । कपिलवस्तु प्रतिनिधि सभा १ मा काँग्रेसले २२ हजार ८ सय ८५, नेकपा एमालेले २३ हजार ५ सय ९८ ,माओवादी केन्द्रले ५ हजार ४ सय ८० र राजपाले ४ हजार ६ सय ३२ मत प्राप्त गरेको छ ।
त्यसैगरी कपिलवस्तु प्रतिनिधि सभा २ मा कांग्रेसले २६ हजार ५० ,एमालेले २५ हजार ९१, माओवादी केन्द्रले २ हजार ३ सय १८ र राजपाले ५ हजार ८ सय ७५ मत प्राप्त गरेको छ । त्यस्तै प्रतिनिधि सभा ३ मा कांग्रेसले १२ हजार ३ सय ५७ ,एमालेले १२ हजार ३ सय ५, माओवादी केन्द्रले ३ हजार ३५ र राजपाले ११ हजार ३ सय ६० मत प्राप्त गरेको छ ।
यस्तै प्रदेश सभामा भने नेकपा एमालेले ५७ हजार ६ सय २० मत ल्याएर पहिलो भएको छ भने कांग्रेस एमाले पछिको ५२ हजार ८ सय ४९ मत ल्याएर दोस्रो, राजपाले १९ हजार ४ सय ९८ मत का साथ तेस्रो र संघिय समाजवादी फोरमले १७ हजार १ सय ९९ मत ल्याएर चौथो र माओवादी केन्द्र भने १० हजार १ सय ७८ मत प्राप्त गर्दैै पाँचौ भएको छ ।
क्षेत्र १ मा १ लाख १६ हजार ९ सय ३७ , क्षेत्र २ मा १ लाख २ हजार ४ सय २० र क्षेत्र ३ मा ९२ हजार ४ सय ३ गरी कुल ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेको यस जिल्लामा क्षेत्र १ मा ८४ हजार ९ सय ६० , क्षेत्र २ मा ७६ हजार ९६ र क्षेत्र ३ मा ६९ हजार ३६ मत खसेको थियो ।
जिल्लामा कुल ७३.८० प्रतिसत मत खसेको थियो । त्यसमध्ये जम्मा ८७.०७ प्रतिशत मात्र मत सदर भएको छ भने १२.९३ प्रतिशत मत बदर भएको छ ।
प्रत्यक्षतर्फ प्रदेशमा चारवटा सिट बामगठबन्धनले जितेको थियो भने काँग्रेस र संघिय समाजवादी फोरमले एक÷एक सिट जितेका थिए त्यस्तै प्रतिनिधिसभा तर्फ कपिलवस्तु क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट चक्रपाणि खनाल (बलदेव), क्षेत्र २ बाट एमालेका वृजेस कुमार गुप्ता र कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता अभिसेक प्रताब शाह विजयी भएका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  २ : १३ बजे