१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

समानुपातिक तर्फ एमालेले २५ लाख मत कटायो, कांग्रेस पछि पछि



काठमाडौं, २८ मंसिर ।
प्रतिनिधिसभातर्फको समानुपातिक मतगणनामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिककमा पनि सबैभन्दा बढी मत ल्याएको हो ।
निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार जम्मा खसेका १ करोड ५ लाख मतमध्ये हालसम्म नेकपा एमालेले २५ लाख ६८ हजार ४०५ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ८३ हजार ३८६ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रले १० लाख १७ हजार १०६, संघीय समाजवादी फोरमले ३ लाख ४५ हजार मत कटाएको छ । राजपाले २ लाख ९१ हजार, राप्रपाले १ लाख ६८ हजार, विवेकशील साझा पार्टीले १ लाख ६८ हजार, नयाँ शक्ति पार्टीले ६७ हजार मत ल्याएको छ ।
त्यस्तै राप्रपा प्रजातान्त्रिकले ६२ हजार, राष्ट्रिय जनमोर्चा ४० हजार मत पाएका छन् । अरु दलले २ लाख ६३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७४ बिहिबार ००:००  ३ : ३९ बजे