१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

पूर्वी नवलपरासीमा समानुपातिकतर्फ कांग्रेस पहिलो



नवलपरासी, २९ मंसिर ।
नवलपरासी पूर्वमा समानुपातिक तर्फको मतगणना सकिएको छ । कुल १ लाख ६४ हजार ९५ मत खसेकोमा नेपाली कांग्रेसले सबै भन्दा धेरै मत प्राप्त गरी पहिलो दल बनेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७१ हजार २ सय २५ मत ल्याउदै पहिलो दल बनेको छ । यस्तै नेकपा एमालेले ६४ हजार १ सय १८ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ९ हजार ७ सय ५८ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३ हजार ६ सय ८३ मत ल्याउदै चौथो पार्टी बनेको छ । यस्तै राष्ट्रिय जनमुक्ति पार्टीले १ हजार ४ सय २६ मत प्राप्त गरेको छ ।
नयाँ शक्ति पार्टी नेपालले १ हजार २४ मत प्राप्त गरेको छ । अन्य दलले भने १ हजार मत समेत कटाउन सकेका छैनन् ।
प्रदेशसभाको समानुपातिकतर्फ पनि नेपाली कांग्रेस नै पहिलो दल बनेको छ । कांग्रेसले ६७ हजार ७ सय ४३ मत प्राप्त गरेको छ भने नेकपा एमालेले ६१ हजार ४ सय ९० मत प्राप्त गरेको छ ।
माओवादी केन्द्रले १० हजार ४ सय २ मत प्राप्त गरेर तेश्रो दल बनिरहँदा विवेकशील साझा पार्टी प्रदेशसभा तर्फ पनि चौथो दल बनेको छ । उसले ३ हजार १ सय ३२ मत प्राप्त गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  १ : ४४ बजे