२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कांग्रेस पछ्याउँदै



काठमाडौं, २९ मंसिर ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ ।
निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार एमाले २९ लाख ४० हजार ९१३ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले २८ लाख ५८ हजार ४९३ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्र ११ लाख ८३ हजार ७०३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले चार लाख १६ हजार ५३३ मत पाएको छ ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले तीन लाख ९२ हजार ७८, विवेकशील साझाले एक लाख ९७ हजार २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक लाख ८८ हजार ६४, नयाँ शक्ति पार्टी नेपालले ७५ हजार ४८२ र राप्रपा (प्रजातान्त्रिक) ले ७४ हजार १२७ मत ल्याएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७४ शुक्रबार ००:००  २ : ०५ बजे