२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

पाल्पाका किसान अदुवाले बजार मुल्य नपाउँदा चिन्तीत



रामपुर, पाल्पा, १ पुष ।
अदुवाले बजार नपाएपछि पाल्पाका कृषक चिन्तामा परेका छन् । गाउँका कृषकको आयआर्जनको मुख्य स्रोतको रुपमा रहेको अदुवा यसवर्ष बजारमा बिक्री नहँुदा साँझबिहानको गुजाार चलाउन समस्या भएको छ ।
यसैगरि पाल्पा गल्धाका अगुवा कृषक तेजन सुनारी वर्षेनी चार सय धार्नीसम्म अदुवा उत्पादन गर्नुहुन्छ । अदुवाबाट उहाँको घरखर्च राम्रोसँग चलेको थियो । तर दुई वर्षयता अदुवा बिक्री नहुँदा उहाँ निकै समस्यामा पर्नुभएको छ ।
व्यापारिले रु २० रुपैयाँ धार्नीमा दिँदा पनि लिन नमानेपछि उत्पादन भएको अदुवा कुहेर जाने चिन्ता बढेको सुनारी बताउनुहुन्छ ।
अदुवा बिक्री नहँुदा साझ बिहानको गुजारा चलाउन निकै धौधौ परेको अर्का कृषक टोपबहादुर राना बताउनुहुन्छ । अदुवा बिक्री गरेर साँझ बिहान खाद्यान्नको जोहो गर्दै आएका त्यहाँका कृषक दुई वर्षयता बजारमा बिक्री नहँुदा मारमा परेका छन् ।
जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवाखेतीलाई विस्तारका क्रममा सरकारले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत उद्योग वाणिज्य संघमार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ ।
गल्धा, सहलकोट, बाकामलाङ, भैरवस्थान, पालुङमैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङदी क्षेत्रलाई पकेट क्षेत्रको रुपमा विकास गरिएको छ । जिल्लामा एक हजार २६० हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा अदुवाखेती गरिँदै आएको छ । (रासस)

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १२ : २६ बजे