१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नवौँ कपिलवस्तु महोत्सवमा २ करोड ५२ लाखको कारोबार



मायादेवी अनलाइन, कपिलवस्तु, १ पुष ।
कपिलवस्तुमा नवौ कपिलवस्तु महोत्सव सञ्चालन भैरहेको छ । मंसिर २३ गते देखि सञ्चालन भएको महोत्सवको आर्थिक कारोबार दैनिक बढेको छ । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिएको हो ।
महोत्सवको सातौं दिन सम्ममा २ करोड ५२ लाखको आर्थिक कारोबार भएको महोत्सव आयोजक संस्था वाणगंगा वेलफेयर सोसाइटीले जनाएको छ । पुस ५ गते सम्म संचालन हुने महोत्सवमा अहिले सम्म जिल्ला तथा जिल्ला बाहिर गरि झण्डै ८८ हजार दर्शकले अवलोकन गरिसकेको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले जानकारी दिनुभयो ।
युवाहरुको सफल संगठन मानिने बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको उक्त महोत्वसले महोत्सव अवधिभर ५ करोड बढिको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ । युवाहरुको नेतृत्वमा आयोजित महोत्सव सफलता तर्फ गइरहेको भन्दै आगामी बर्षहरुमा पनि निरन्तरता पाउनुपर्ने जिल्लाबासीको भनाई छ ।
महोत्सवले युवा उद्यमशिलतालाई विशेष प्राथमिकता राखेको छ भने मनोरञ्जन तर्फ पनि उत्तिकै लोकप्रिय कार्यक्रमहरु संचालन गरिरहेको छ । विशेष गरि साना उद्यम संचालन गरिरहेकाहरुले आफ्नो उत्पादन सहज रुपमा विक्री गर्न महोत्सवलाई उत्सवको रुपमा लिएका छन् भने नव प्रतिभा कलाकारहरुले यसलाई अवसरका रुपमा लिएका छन् ।
महोत्सवका अधिकांश स्टलहरुमा अवलोकनकर्ताहरुलाई अत्यावश्यक पर्ने सामाग्री, युवा उद्यमबाट उत्पादित वस्तु, खाद्यान्न, मनोरञ्जन सामाग्री, सवारी साधनहरु समेत विक्री तथा प्रर्दशनीमा राखिएको छ ।
महोत्सवमा जारी सातांै कपिलवस्तु डान्स आइडल प्रतियोगिता पनि महोत्सवको महत्वपूर्ण भाग रहेको छ । यसै गरि त्यहाँ भविष्यबाणी गर्ने गधा, वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ध्वस्त भएको ऐतिहासिक धरहरा, प्राचिन खरले छाएको घर देखिने सचिवालय पनि आर्कषण केन्द्र बनेका छन् ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  १२ : ३२ बजे