१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

जनता मावि पिपराद्धारा नवनिर्वाचित सांसदलाई सम्मान



मायादेवी अनलाइन, कपिलवस्तु, १ पुष ।
जनता माध्यमिक विद्यालय पिपराले नवनिर्वाचित सासंदहरुलाइ एक समारोहका बिच सम्मान गरेको छ । भुगोलको आधारमा कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य चक्रपाणी खनाल, क्षेत्र नम्बर १ ं(क) का प्रदेश सदस्य विष्णु पन्थी र विद्यालयका पूर्व विद्यार्थी समेत रहेका कपिलवस्तु क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य अर्जुन केसीलाई विद्यालयले सम्मान गरेको हो ।
सम्मान ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित प्रतिनिधी सभा सदस्य चक्रपाणी खनालले आफू शैक्षिक गुणस्तर सुधारका लागी निती तथा योजना निर्माण देखी कार्यान्वयनका तह सम्म लागि पर्ने औल्याउनुभयो । उहांले आफु अब कुनै दल विशेषको नभइ आम जनताको प्रतिनिधी भएको भन्दै आफु सदैब जनताको कामको निमित्त तयार रहने बताउनु भयो ।
यस्तै प्रदेश सांसद विष्णु पन्थीले आर्थिक आत्मनिर्भरता हुदैं आर्थिक उन्नतीको माध्यमबाट प्रदेश नम्बर ५को विकासलाइ अगाडि बढाउन आफु सक्रियताका साथ लागी पर्ने बताउनु भयो । उहाले अन्र्तराष्टिय दक्ष श्रम बजारमा नेपालीहरुको सम्मानजनक उपस्थितीका लागी शिक्षा महत्वपुर्ण आधार भएको भन्दै शैक्षिक विकासमा अब बन्ने केन्द्र सरकार र प्रदेश सरकारले ठोस र वैज्ञानिक योजना सहित अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
सम्मान ग्रहण पछि सम्बोधन गर्दै क्षेत्र नम्बर ३ (क) स्थित प्रदेश सभा सदस्य एवम पुर्व विद्यार्थी अर्जुन केसीले आफु विद्यालयको विकास र हितमा सदैब लाग्ने प्रतिबद्यता व्यक्त गर्नु भयो ।
कार्यक्रममा कपिलवस्तुका जिल्ला शिक्षा अधिकारी सुरेन्द्रराज पराजुली, पुर्व प्रध्यानाध्यापक बालाराम ज्ञवाली, शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु पौडेल, विद्यालयका प्राचार्य रमेश पन्थी,पुर्व विद्यार्थी मन्च का अध्यक्ष पोम नारायण पौडेल,शिक्षक हरि अधिकारी लगायतले नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ शुभकामना तथा बधाइ ज्ञापन गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक उज्ज्वल अधिकारीले गर्नुभएको शिक्षक कृष्ण भट्राइले बताउनु भयो ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  २ : ४६ बजे