२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

चुनाव अघि पक्राउ परेका विप्लव कार्यकर्ता रिहा



कपिलवस्तु, १ पुष ।
नेकपा बिप्लव समुहको चुनाब बिरोधी गतिबिधीमा संलग्न भएको भन्दै चुनाब अघि पक्राउ परेका परेकी रन्जु थारु रिहा भएको १ दिन पछि थप २ जना रिहा भएका छन् । शुक्रवार रिहा हुनेमा अशोक सुनार र मोती थापा मगर रहनुभएको छ । सो घटनामा करिब १ दर्जनलाई पक्राउ गरिएका मध्ये अझै ४ जना रिहा हुन बाकी रहेका छन ।
इलाका प्रहरी कार्यलय पिपरामा राखिएका ६ जनालाई ३ चरणमा रिहा गरिएपनि गोरुसिंगे र चन्द्रौटामा राखिएका थप ४ जना रिहा हुन वाकी रहेको विप्वल समुहका नेता संघ प्रसाद थारुले जानकारी दिनु भयो । चुनावअघि पक्राउ गरेर हाल सम्म रिहा नगरिएका नेता तथा कार्यकर्ताहरुमा सन्तराम पासी, विष्णु पौडेल, बीर वहादुर विक र तिलक कुवर रहेका छन् ।
पक्राउ परेका मध्ये अपराधमा संलग्नलाई कार्बाही अगाडी बढाउन र अपराधमा गरेको पुष्ठी नभएकालाई २५ दिन थुनामा राखेर रिहा गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको भन्दै प्रहरीले ती कार्यकर्तालाई थुनामा राखेको हो ।
कपिलवस्तुमा कतिपय स्थानमा वम राखिएको भएपनि त्यसवाट कुनै भौतिक तथा मानविय क्षेती भएको थिएन । तर प्रहरी हेडक्वाटरले सो समुहका नेताहरुलाई घटना नै नघटाए पनि पक्राउ गर्ने निर्देशन दिएपछि १ दर्जन वढी पक्राउ परेका थिए ।

प्रकाशित मिति : १ पुस २०७४ शनिबार ००:००  २ : ५५ बजे