८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

भगलापुरमा ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु, एक जना गम्भिर घाइते



कोपिला पोख्रेल, वाणगंगा, २ पुस ।
कपिलवस्तुमा आइतबार विहान ट्याक्टर दुर्घटना हुँदा एक जना युबकको घटनास्थलमै ज्यान गएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ६ झरनी भगलापुर भन्ने स्थानमा भएको उक्त दुर्घटनामा सोही ठाउँ निवासी अन्दाजी २४ वर्षका सुरेश थारुको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
दुर्घटनामा सोही ठाउँका अशोक खत्री गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि बुटबल लगिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।
लु ३ त ५२१५ नम्बरको ट्याक्टर वाणगंगा नदीमा नदीजन्य पदार्थ लिन जाने क्रममा दुर्घटनामा परेको स्थानीयले बताएका छन । तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ट्याक्टर सडकबाट दुई भुर्लुङ खाएर खेतमा पल्टिएको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार अन्य पाँच जना हाम फालेर बाँच्न सफल भएका छन ।

 

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  ८ : ०३ बजे