१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रदेश सांसद पंथी भन्नुहुन्छ, ‘जनताले बामलाई नभई कामलाई जिताएका हुन’



कपिलवस्तु, ३ पुस ।
भर्खरै सम्पन्न निर्वाचनमा कपिलबस्तु निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा १ बाट बिधायकमा निर्वाचित हुनुभएका बिष्णु पन्थिले जनताले राखेका अपेक्षा पुरा गर्ने बताउनुभएको छ । जनताले परिबर्तन चाहेकाले बामलाई नभई कामलाई जिताएको उहाको जिकिर छ ।
युवा नेता समेत रहनुभएका उहाले सामुदायिक टेलिभिजन बुद्धआवाजको समय सन्दर्भ कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । अबको ५ बर्षमा भोट माग्न नपर्ने गरी बिकाश निर्माणका काम गरेर देखाउने उहाले दाबी गर्नुभएको छ ।
कपिलबस्तु बिकाशको स्तर र मानब सुचाङ्कमा पछाडी रहेकाले यसलाई परिबर्तन गर्ने जिम्मा आफुहरुले लिने उद्घोष गर्नुभयो । रोजगारीका लागी बिदेशिने परम्पराको अन्त्य गरि मुलुकलाई तीव्र आर्थिक समृद्धिको दिशामा लैजाने आफुहरुको लक्ष्य रहेको उहाले स्पष्ट पार्नुभयो ।
विधायक पंथीले आफु बामगठबन्धनको प्रतिनिधि भएपनी सबैको साझा भएर काम गर्ने बताउनुभएको छ । अब बन्ने सरकारले बिदेशको लगानी नेपालमा भित्राई तिव्र विकास गर्ने उहाले जिकिर गर्नुभएको छ ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  १ : २५ बजे