१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पाल्पाली भन्छ्न, प्रदेश नं ५ को राजधानी ‘बुटबल’ हुनुपर्छ



पाल्पा, ३ पुस ।
पाल्पाका बासिन्दा, राजनीतिक दल र जनप्रतिनिधिले प्रदेश नं ५ को राजधानी रुपन्देही जिल्लाको बुटवलमा बनाउनुपर्नेमा जोड दिनुभएको छ । पाल्पाका जननिर्वाचित सांसद, राजनीतिक दल, पूर्वसांसद र बासिन्दाले प्रदेशको राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई ध्यानमा राखी बुटवलमा नै राजधानी बनाउन उपयुक्त रहेको जनाएका छन् ।

पूर्वाधारको विकास, अन्तर्राष्ट्रिय विमानस्थल, प्रशासनिक पहुँच र सुगमता, पर्यटकीय क्षेत्र लुम्बिनी र शान्तिका अग्रदूत गौतम बुद्ध जन्मस्थल नजिकको शहर भएकाले पनि ५ नं प्रदेशको केन्द्र बुटवलमै हुनुपर्ने पाल्पालीको माग रहेको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा नवनिर्वाचित प्रदेश सांसद तुलाराम घर्तीले प्रदेश राजधानी तोक्दा प्रशासनिक सुगमता, पूर्वाधारको विकास र भूगोलको सुगमतालाई हेर्नुपर्ने बताउनुभयो । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य दलबहादुर राना, प्रदेशसभा सदस्य पुरनमान बज्राचार्य, युवराज खनाल र नारायण आचार्यले प्रदेशको राजधानी बुटबल सबैलाई पायक पर्ने जिकिर गर्नुभयो ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  १ : ३२ बजे