६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

माओवादी केन्द्रको बैठक आज बस्दै



काठमाडौँ, ३ पुस ।
माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचन परिणाम लगायत विषयमा छलफल गर्न माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो ।

पार्टीका प्रवक्ता पम्फा भुसालका अनुसार बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको उनले जानकारी दिइन्

यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ । सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने सो पार्टीले जनाएको छ ।

वाम गठबन्धनको पक्षमा जनताले आफ्नो विश्वाससहितको मत दिएको भन्दै माओवादी केन्द्रले भावी कार्य्दिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउन बैठक बोलाएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  २ : ४१ बजे