२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रिहा



दाङ, ४ पुस ।
मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।
चुनाव सम्बन्धी सबै काम सकिएपछि उनीहरुलाई प्रहरीले हिरासतबाट छाडेको हो । जिल्ला प्रशासन कार्यालय दाङले उनीहरुलाई सामान्य धरौटीमा रिहा गरेको दाङका निमित्त प्रहरी प्रमुख हरिबहादुर बिसीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  १२ : ४२ बजे