१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

शारीरिक अपांगता भएका विद्यार्थीलाई ह्वील चेयर वितरण



सीताराम चौधरी,चन्द्रौटा, ४ पुस ।
जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत शारीरिक अपांगता भएका पाँच स्कूल बालबालिकाहरुलाई ह्वील चेयर वितरण गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्रले विद्यालयमै पुगी अपांगता भएका बालबालिकाहरुलाई ह्वील चेयर वितरण गरेको हो ।
विजयनगर गाउँपालिका ६, बद्धौरस्थित जनजागृति प्रा.वि. कक्षा ३ मा अध्ययरत ९ वर्षीय अशोक भर ह्वील चेयर पाएपछि निकै खुशी छन् । विजयनगर ६, उज्ज्वलपुर घर भएका अशोक अब ह्वील चेयरबाट स्कूल पढ्न जान पाउने भएका छन् । “३ वर्षदेखि छोरालाई बोकेर स्कूलसम्म पु¥याउँदै आएका थियौं, ह्वील चेयर पाएपछि अब छोरालाई स्कूल पु¥याउन सजिलो हुने भयो ।” –अशोकका बुवा रामसेवकले भन्नुभयो ।
अशोज जस्तै शारीरिक अपांगता भएका बालबालिकाहरु ह्वील चेयर पाएपछि विद्यालय पुग्न सहज हुने भन्दै खुशी व्यक्त गरे । शारीरिक अपांगता भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म पु¥याउन विद्यालयमै पुगी ह्वील चेयर वितरण गरिएको प्रायोजित कार्यक्रमका संयोजक अजय चौधरीले बताउनुभयो । जिल्लाको शिवराज, कृष्णनगर नगरपालिका तथा विजयनगर गाउँपालिका अन्तर्गत जवाभारी, रामनगर, पत्थरदेइया, खुरुहुरियाका विभिन्न विद्यालयमा अध्ययनरत शारीरित अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी ह्वील चेयर वितरण गरिएको चौधरीले जानकारी दिनुभयो ।
सन् २००८ देखि विद्यालयमा आधारभूत शिक्षा सवालमा काम गर्दै आएको कालिकाले पहिलो पटक अपाङ्गता भएका बालबालिकालाई विद्यालयसम्म पहँुच वृद्धि गर्न ह्वील चेयर वितरण गरिएको शिक्षा अधिकृत शिवशंकर चौधरीको भनाई छ ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  १ : २२ बजे