६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नवौं कपिलवस्तु महोत्सवमा उत्साह थपियो



कपिलवस्तु, ४ पुस ।
वुद्धरंगशाला ४ नं. जीतपुरमा नवौं कपिलवस्तु महोत्सव सञ्चालन भैरहेको छ । मंसिर २३ गते देखि सञ्चालन भएको महोत्सवमा दर्शकहरुको भिड बढेको छ । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिएको हो । महोत्सवको दशौं दिन सम्ममा ४ करोड ४५ लाखको आर्थिक कारोबार भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो ।
अहिले सम्म १ लाख ६८ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन – उहाँले भन्नुभयो । बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवमा ५ करोड बढिको आर्थिक कारोबार हुने र २ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो ।
बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवमा ५ करोड बढिको आर्थिक कारोबार हुने र २ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखेको महोत्सवका संयोजक खाँणले बताउनुभयो । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको थियो ।
सोमवार लोक गायिका टिका पुन र लोक तथा दोहोरी गायक दीपु मगरको बेजोड प्रस्तुतीले महोत्सवमा थप उत्साह थपिएको थियो । मंगलवार आधुनिक गायक शिव परियार र लोकदोहोरी गायक रामजी खाँणको वेजोड प्रस्तुती रहने संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले बताउनुभयो ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  १ : ३७ बजे