१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

बालश्रम न्युनीकरणमा सहकार्य गर्ने होटल ब्यवसायीको प्रतिबद्धता



कपिलवस्तु, ४ पुस ।
बालश्रम न्युनीकरणमा सहकार्य गर्ने कपिलवस्तुका होटल ब्यवासयीहरुले प्रतिबद्धता जनाएका छन । बालश्रम रहर नभई बाध्यता रहेकोले बालबालिकाहरुको अधिकार सुनिश्चितताका लागि आफुहरुले पहल गर्ने उनीहरुले बताएका छन ।
सेभ द चिल्ड्रेनको सहयोगमा महिला तथा बालबालिका कार्यालयद्धारा बुद्धभुमी नगरपालिकाको जयनगरमा आयोजित होटल बालबालिका र उनीहरुको भुमिका संबन्धी अन्तरक्रियामा उनीहरुले सो जनानएका हुन ।
होटल ब्यवसायी संघका जिल्लाम अध्यक्ष ढुन्डीराज अधिकारीले सकभर आफुहरुले होटलमा बालबालिकाहरुलाई नराख्न चाहेको बताउनुभयो । मजदुरहरुको अभाव र बाध्यताबस काम गर्न आउने बालबालिकाहरुको आर्थिक अवस्थाका कारण केही होटल ब्यपासीहरुले अझै पनि बालबालिकाहरुलाई काममा राखेको उहाले बताउनुभयो ।
सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बालश्रम न्युनीकरणका लागि सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । राज्य, गैसस समाज लगायतले पनि यसप्रति दायित्व रहेकोले भबिष्यका कर्णधारहरुको संरक्षणका लागि सचेत हुनु पर्ने उनले बताउनुभयो ।

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  २ : ०० बजे