१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नवौँ कपिलवस्तु महोत्सव आज समापन हुँदै



मायादेवी अनलाइन, कपिलवस्तु, ५ पुस ।
वुद्धरंगशाला ४ नं. जीतपुरमा जारी नवौं कपिलवस्तु महोत्सव बुधबार (आज) समापन हुने भएको छ । मंसिर २३ गते देखि जारी महोत्सवको एक भव्य समारोहका विच समापन हुने भएको हो । समापन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजन के.शीले सम्बोधन गर्ने कार्यक्रम तय भएको महोत्सवका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो ।
उक्त कार्यक्रममा गरिमामय उपस्थितीका लागि राजनैतिक दल, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, वुद्धिजिवी, नागरिक समाज, शिक्षक, युवा विद्यार्थी लगायत सम्पुर्ण जिल्लाबासी एवं छिमेकी जिल्लाहरुलाई समेत निर्देशक क्षेत्रीले बिनम्र अनुरोध गर्नु भएको छ ।
“एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी सञ्चालन गरिएको हो । महोत्सवको ११ औं दिन सम्ममा ४ करोड ९० लाखको आर्थिक कारोबार भएको महोत्सवका निर्देशक क्षेत्रीले बताउनुभयो । अहिले सम्म १ लाख ८८ हजार दर्शकले महोत्सव अवलोकन गरेको उहाले दाबी गर्नुभयो ।
बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवमा ५ करोड बढिको आर्थिक कारोबार हुने र २ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखेको महोत्सवका संयोजक राजकुमार खाँणले बताउनुभयो । बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गरेको महोत्सवमा ५ करोड बढिको आर्थिक कारोबार हुने र २ लाख दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखेको महोत्सवका संयोजक खाँणले बताउनु भयो ।
महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेको थियो । मङ्गलबार आधुनिक गायक शिव परियार, चर्चित गायकिा इन्दिरा जोशी र लोकदोहोरी गायक रामजी खाँणको वेजोड प्रस्तुतीले महोत्सवमा थप उत्साह थपिएको संस्कृति तथा मनोरञ्जन संयोजक राजन आलेले बताउनु भयो । बुधबार ख्याती प्राप्त डिजे र सातौं कपिलवस्तु डान्स आइडियलको अन्तिम प्रतिष्पर्धा बाट सातौं डान्स आइडियल घोषणा हुने छ ।
बताउनु भयो । बुधबार ख्याती प्राप्त डिजे र सातौं कपिलवस्तु डान्स आइडियलको अन्तिम प्रतिष्पर्धा बाट सातौं डान्स आइडियल घोषणा हुने छ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  १२ : ३३ बजे