१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

वालविवाह न्युनिकरण गर्न निरन्तर अभियानको खाँचो : शर्मा



कपिलवस्तु, ५ पुस ।
सञ्चारीका समुहका अध्यक्ष निर्मला शर्माले वालविवाह न्युनिकरण गर्न निरन्तर अभियानको खाँचो भएको जनाउनु भएको छ । तौलिहवामा वालविवाह न्युनिकरणका लागि युवाहरुका विच राखिएको अभिमुखिकरण कार्यक्रमममा उहाँले यस्तो बताउनु भएको हो । बाल विवाह जस्तो दण्डनिय कार्यको निरुत्साहित गर्न युवाहरुको अहम भुमिका हुने उहाँले प्रष्ट्याउनुभयो ।
कार्यक्रममा युएनएफपिएका फिल्ड संयोजक चित्र महतोले मुलुकमै कपिलवस्तु वालविवाह हुनेमा तेस्रो स्थानमा आएको जनाउदै अव कपिलवस्तुलाई वालविवाह मुक्त जिल्ला घोषणा गर्न सबै लाग्नु पर्नेमा जोड दिनुभयो । वालविवाह न्युनिकरणका लागि युवाहरुको अभियान सार्थक रहने र उक्त अभियानलाई सबैले होस्टेमा हैसे गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सञ्चारीकाका केन्द्रिय कोषाध्यक्ष यशोधा अधिकारीले वालविवाह रोकिएमा बल्ल नेपालमा समृद्ध समाजको निमार्ण हुने ठोकुवा गर्नु भयो । त्यस्तै कार्यक्रममा सञ्चारीका समुहका अध्यक्ष पार्वती पाण्डेले वालविवाह न्युनिकरण अभियानलाई सबैले सहयोग गर्दै अभियानमा सरिक हुनु पर्ने जनाउनुभयो ।
युएनएफपिए र सञ्चारीका समुह केन्द्रको आयोजनामा गरिएको कार्यक्रममा कपिलवस्तुका ६ वटा नगरपालिका र ४ गाउँपालिका गरि १० वटा स्थानिय तहका सबै समुदायका युवा युवती गरि ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिको तर्फ बाट पत्रकार नारायण पाण्डे र रेनु मिश्रले आफुहरुले सिकेका कुरा व्यवहारमा उतार्दै समुदाय गाउँस्तर सम्म वालविवाह गर्नु हुदैन भन्ने सन्देश फैलाउने र निरन्तर अभियानमा सरिक हुने प्रतिवद्धता जनाउनु भएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  २ : ४९ बजे