१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अतहर कमाल सांसद बन्ने लगभग पक्का, विनोद चौधरी भए भाग्यमानी !



काठमाडौँ, ५ पुस ।
प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्षतर्फ आसातित नतिजा ल्याउन नसकेको कांग्रेसले समानुपातिकमा भने झिनो मतले मात्र दोस्रो स्थानमा पर्यो । यो सँगै समानुपातिकमा ४० सिट पाएको कांग्रेस दोस्रो दल भने बन्न सफल भएको छ । तीन दलमध्ये समानुपातिकमा सवैभन्दा बढी पुरुष सांसद् कांग्रेसले छनोट गर्न पाउने भएको छ। कांग्रेसले १९ पुरुष समानुपातिकबाट प्रतिनिधित्व गराउनेछ ।
कांग्रेसले प्रत्यक्ष र समानुपातिकमा गरी कांग्रेसमा ६३ सांसद् हुनेछन्। एक तिहाइ महिलाको संख्या पुर्याउन २१ जना समानुपातिकबाटै सिफारिस गर्नु पर्नेछ। प्रत्यक्षमा कांग्रेसबाट एकजना पनि महिला निर्वा्चित भएका छैनन् ।
४० सिट समानुपातिकमध्ये २१ महिला सिफारिस गरेर बाँकी रहेको १९ जनामा कांग्रेसले पुरुष उम्मेदवार छनोट गर्न सक्नेछ ।
कांग्रेसमा खसआर्य पुरुषबाट बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्य केसी लगायतको नाम क्रमश छ ।
यस्तै, जनजातिबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी लगायतको नाम क्रमश छ । मीन विश्वकर्मा, प्रकाश रसाइली, नरभान कामी लगायतको नाम दलित समूहबाट क्रमश छ ।
बिनोद चौधरी, अनिल रुगटा, रामचन्द्र तिवारी, लक्ष्मण राय लगायतको नाम मधेशी कोटाबाट क्रमश सूचीमा छ । मुस्लिमबाट अतहर कमाल मुसलमानको नाम पहिलो नम्बरमा छ । सबै समूहबाट प्राथमिकताका आधारमा नाम छनोट हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  ३ : २३ बजे