१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आठौ कपिलवस्तु माघी महोत्सव हथौसामा लाग्ने



श्याम सि.टी., कपिलवस्तु, ५ पुस ।
कपिलवस्तुका थारु समुदायले सदाका बर्षहरुमा झै यसबर्ष पनि माघि महोत्सव आयोजना गर्ने भएका छन । मङ्गलबार वाणगंगामा बसेको थारु अगुवाहरुको भेलाले उक्त निर्णय गरेको हो । आठौ कपिलवस्तु माघि महोत्सव नाम दिइएको उक्त कार्यक्रममा माघ २ गते देखि ४ गते सम्म हथौसामा हुने बताइएको छ ।
थारुहरुको पहिचान जोगाउने उद्देश्यले गर्न लागेको महोत्सवमा थारुहरुको भाषा, कला, सीप तथा पहिचान झल्किने खालको कार्यक्रमहरु प्रस्तुत गरिनेछ । यस वर्ष थारु भाषाको गीतलाई बढी प्राथमिकता दिइने बताइकोछ ।
भेला थारु जागृति युवा क्लवको आयोजना र थारु कल्याणकारिणी सभा कपिलवस्तुको सहकार्यमा सम्पन्न भएको हो । थारु जागृति युवा क्लबका अध्यक्ष दशरथ थारुको अध्यक्षतामा बसेको बैठकमा थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य भोज राज थारु, जिल्ला अध्यक्ष जन्जीर प्रसाद थारु, द्धारिका प्रसाद थारु, रिसीराम थारु, शंकर थारु, उमाशंकर थारु, पत्रकार श्याम सि टी लगाएतका थारु अगुवा हरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ पुस २०७४ बुधबार ००:००  ३ : २९ बजे