५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई भब्य स्वागत



दीपा महत ७ पुस ।
स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पस बुङची र स्नातक तह दोस्रो वर्षमा अध्यननरत विद्यार्थीले स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई स्वागत गरेका छन् । आज विद्यालयमा एक भब्य कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थिहरुलाई स्वागत गरेका हुन् ।
साथै कपिलवस्तु प्रतिनिधी सभा १ का निर्वाचित सांसद चक्रपाणी खनाल बलदेव र प्रदेश सभा १ का विद्यायक विष्णु पंथीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रतिनिधी सभा १ का सांसद चmक्रपाणी खनाल बलदेबले जिल्लामै नमुना क्याम्पस सिद्धार्थ क्याम्पसलाई प्रवृधीमैत्री बनाउनु पर्ने बताउनु भयो ।
साथै उहाले जिल्लामा एउटा कृषि क्याम्पसको आवश्यता रहेको औल्याउनु भयो । जिल्लाकै नमुना क्याम्पसको रुपमा लिईने सिद्धार्थ क्याम्पसमा विभिन्न जिल्लाबाट विद्यार्थीहरु आउने गरेकाले यस क्याम्पसमा एउटा होस्टेलको आवश्यकता रहेको बताउनु भयो ।
सोही कार्यक्रममा प्रदेश सभाका १ का विद्यायक विष्णु पंथीले युवाहरु सृजनसिल, उर्जासिल, हुनु पर्ने बताउनु भयो । विभिन्न ब्यक्तीको उदाहरण दिदै उहाले यदि १८ वर्षको युवामा कुनै सृजनसिलता, उर्जा छैन भने त्यस्तो ब्यक्तीलाई युवा भन्न नसकिने जनाउनु भयो । उहाले अब किताबी ज्ञानले मात्र नपुग्ने भन्दै विद्यार्थीमा बाहिरी ज्ञान आवश्यक रहेको बताउनुभयो ।
यस्तै सोही कार्यक्रममा क्याम्पस ब्यवस्थापन समितकिा अध्यक्ष झविलाल पोख्रेलले नवआगनतुक सम्पूर्ण विद्यार्थीलार्ई सुभकामना दिनुभएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख बालाराम ज्ञवालीले क्याम्पसले अब छिट्टै रजत महोत्सव महोत्सव मनाउन लागेको जानकारी दिनुभयो । साथै उहाले विद्यार्थीका कुनै पनि समस्या छन् भने ढुक्क भएर आफुहरु समक्ष राख्नु आग्रह गर्नु भयो ।
कार्यक्रममा गोविन्द खनाल, विष्णु भण्डारी, रवि बहादुर काफ्ले , पूर्व स्ववियू सभापति सुसिल पौडेल, विद्यार्थी नेता चन्द्रकान्त न्यौपाने लगाएतको बोल्नु भएको थियो । यसैगरी सोही कार्यक्रममा स्थानिय तथा राष्ट्रिय कलाकारले विभिन्न गीत मार्फत मनोरत्तजन प्रदान गरेका थिए । साथै सातौ कपिलवस्तु डान्स आईडलमा द्धितृय हुने एलिसा सारु, र तेस्रो हुने मोनिका हमाल लगाएतले आफ्नो नृत्य मार्फत मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रम स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कृष्ण खनालको अध्यक्षता पवित्रा क्षेत्रीको स्वागत मन्तब्य , स्ववियु सभापति सुसिल खत्री र दिनेश चौधरीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ७ पुस २०७४ शुक्रबार ००:००  ७ : ५६ बजे