५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वालविकास केन्द्रमै छैन पानी !



पार्वती पाण्डे, कपिलवस्तु ८ पुस ।
कपिलवस्तु नगरपालिका १० स्थित गौतमवुद्ध वालविकास केन्द्र तेनुवामा पानी नहुँदा वालवालिकालाई समस्या भएको छ । समुदायमा आधारित वालविकास केन्द्रमा पानी नहुदा समस्या पर्ने गरेको केन्द्रका सहजकर्ता विजय लक्ष्मी बताउनु भयो ।
केन्द्रमा शौचालय छ तर पानी छैन बच्चाहरुलाई दिसा लाग्यो भने घरघरमा दगुराउनु पर्छ उनले भनिन । केन्द्रमा पानीको समस्या भएको कुरा समुदायमा अनि जिल्ला शिक्षा कार्यालयमा पनि जानकारी गराएको उनले बताइन ।
उक्त केन्द्रमा ५६ जना बालालिका रहेका छन । ति मध्ये अधिकांश दलित, जनजाती र अन्य समुदायका वालवालिका हुन ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  २ : ५६ बजे