२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

बुटवललाई नै प्रदेशको राजधानी नबनाए सडक तताउँछौ : पौडेल



बुटवल, ८ पुस ।
पूर्व अर्थमन्त्री तथा रुपन्देही २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले पायक र पुर्वाधारले पूर्ण भएकाले बुटवललाई नै प्रदेशको राजधानी बनाउनु पर्ने बताउनुभएको छ ।
भिजन लुम्बिनीले शुक्रबार बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाले बहुसंख्यक नागरिक र प्रदेश सभा सदस्यको माग समेत बुटवललाई नै राजधानी बनाउने भएको दावी गर्नुभयो । अन्यत्र राजधानी बनाउने घोषणा भएमा प्रदेश टुक्राउने निर्णयको विरुद्धमा उत्रिए जस्तै विरुद्धमा उत्रन पनि उहाले आग्रह गर्नुभयो । अर्को सन्दर्भमा सांसद पौडेलले अबको समय समामुहीक विकास र लगानीको भएको बताउदै यसकालागि सबैले सहकार्य गर्न आग्रह गर्नुभयो ।
सामुहिक लगानी र सामुहिक विकासको बृहत उद्देश्य लिएको भिजन लुम्बिनीले आज विशेष कार्यक्रमको आयोजना गरी रुपन्देहीका ३ तहकै जनप्रतिनिधिलाई सम्मान गरेको हो । सम्मानित हुनेमा रुपन्देही २ का प्रतिनिधी सभा सदस्य विष्णुप्रसाद पौडेल, क्षेत्र नं.२ प्रदेश सभा कका सदस्य लिला गिरी, (ख) का सदस्य भोज प्रसाद श्रेष्ठ, निर्वाचन क्षेत्र नं.१का प्रदेशसभा सदस्य दधिराम न्यौपाने, बुटवल नगर प्रमुख निर्वाचन क्षेत्र नं.१का प्रदेशसभा सदस्य श्री दधिराम न्यौपाने हुनुहुन्थ्यो ।
त्यसैगरी स्थानीय तहमा निर्वाचित बुटवल उप महानगरपालिका प्रमुख शिवराज सुवेदी, सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर केसी, बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य र बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल पनि सम्मानीत हुनुभयो । भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिवालय प्रमुख मनोज भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा भिजन लुम्बिनीका प्रमुख सल्लाहकार दिलिप भट्टराई, पाल्पा क्षेत्रका सामाजिक अभियान्ता धनेन्द्र घिमिरे, पूर्व सभासद विनोद पहाडी, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैंजु, लुम्बिनी मेडिकल कलेज, पाल्पाका अध्यक्ष गोपालबहादुर पोखरेल भिजन लुम्बिनीका संचालक इञ्जीनियर लेखनाथ पाण्डे लगायतले जनप्रतिनिधिलाई शुभकामना दिदै नागरिकको चाहना अनुसार काम गर्न सुझाव दिनुभएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७४ शनिबार ००:००  ३ : ०२ बजे