कपिलवस्तु, ११ पुस ।
साना किसान कृषि सहकारी संस्था मोतिपुर कपिलवस्तुको आयोजनामा सोमवार निशुःल्क स्वास्थ्य शिविर चलाईएको छ । उक्त शिविरमा भरतपुर क्यान्सर अस्पतालका डाक्टर किशोर महर्जन सहितको चिकित्सकको टोलीले जिल्लाका करिब ३ सय ५० विवाहित महिलाहरुको पाठेघर र स्तनको निःशुल्क चेकजाँच गरेका थिए ।
चेकजाँचका क्रममा २५ जना महिलालाई पाठेघरमा क्यान्सर देखिएको र ६० जनालाई पाठेघरमा संक्रमण भेटिएको डाक्टर महर्जनले जनाउनु भयो । जिल्लाका विभिन्न स्थानबाट महिलाहरु उपचारका लागि आएका थिए । उपचार गर्न आएका थप ५० जना महिलाहरु भिड भए पछि डाक्टरले चेकजाँच गर्न सकेका थिएनन् ।
पाठेघरको समस्या लुकाएर बस्न बाध्य महिलाहरु गाउँघरमै शिविर आउदा खुशी भएका थिए । अझै पनि महिलाहरु लाज संकोचले गर्दा बिमारलाई लुकाएर बस्न बाध्य छन । निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भ वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरीले गर्नु भएको थियो । सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाको अध्यक्षता प्रबन्धक शालिकराम पौडेलको सञ्चालनमा कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया