५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाणगंगामा ५ वर्षे उद्यम विकास रणनितीक योजना निमार्ण



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी ५ वर्षका लागि उद्यम विकास रणनितिक योजना निमार्ण गर्ने क्रममा बृहत कार्यशाला जीतपुर चारनम्बरमा सम्पन्न भएको छ । बांणगंगालाई नेपालकै आर्थिक रुपमा समृद्ध नगरपालिकाको रुपमा निमार्ण गर्ने परिकल्पनालाई साकार पार्न योजनाबद्ध विकासको थालनी स्वरुप शुरु गरिएको हो ।
सम्पन्न कार्यशालामा बाणगंगा नगर कार्यपालिकाका पदाधिकारीहरु, सामाजिक संघसंस्था, उद्यमी ब्यवसायिकहरु, सहकारीहरु, वित्तिय संस्थाका प्रतिनिधिहरु, नगरपालिकाका विषयगत क्षेत्रका प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश नं. ५ का विधायक विष्णु पंथीले नगरको समृद्धिका लागि गर्नै पर्ने महत्वपूर्ण कार्यको थालनी गरेको भन्दै अवको मूख्य अभिभारा भनेको नै सबैको समृद्धि भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा मेडेपका क्षेत्रीय कार्यालय दांगका प्रमुख भिम बहादुर विष्ट, नगर पालिकाका मेयर मंगल प्रसाद थारु र उपमेयर चक्र अर्यालले योजना कार्यान्वयनमा विशेष जोड दिनु भएको थियो ।
उक्त ५ वर्षे उद्यम विकास रणनितिक योजनाको सहजीकरण सिद्धार्थ सामाजिक विकास केद्रका कार्यकारी निर्देशक पोमनारायण पौडेलले गर्नु भएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १ : २१ बजे