५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु नगरपालिका वडा नम्बर २ को वडा कार्यालय उद्घाटन



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका– वडा नम्बर २ को कार्यालयको एक कार्यक्रका बिच उद्घाटन गरिएको छ । नगरपालिकाका मेयर किरण सिंह र उप मेयर लक्ष्मी गुप्ताले संयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
वडा कार्यालय सागरटोल जानेबाटो र मेरी स्टोप्सको किनारामा रहेको छ । सो अवसरमा मेयर सिंहले नगरपालिकाले जनताले आशा गरे अनुसार विकास निर्माण र सेवा दिन चाहेको बताउनुभयो । श्रोत र साधन भए पनि नगरपालिको अझै विकास हुन नसकेको स्विकार गर्दै उहाले विकासमा हातेमालो गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले नगरबासीले सेवा सुबिधाहरु आफनै घर दैलोमा पाउने बताउनुभयो । उहाले अब नगरपालिकाले विकासको गति लिने बताउनुभयो ।
वडा अध्यक्ष रामभजन कलवारको अध्यक्षता, निरा शुक्लाको संचालन र वडा सचिव गौतम शाक्यको स्वागत मन्तब्यमा भएको कार्यक्रममा वडा अध्यक्षहरु प्रकाश गैरे, रबिन्द्र तिवारी, एमाले नेता आजाद अहमद दर्जी, सुरेन्द्रराज लम्साल लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  १ : २४ बजे