२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कर्जा रोक्ने बैंकहरूको तयारी



काठमाडौं, ११ पुस ।
तरलता अभाव भएपछि बैंकहरूले कर्जा रोक्ने तयारी गरेका छन्। तरलता अभाव थप चर्कंन नदिन कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आएको बैंकरले बताएका छन्।

नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले तत्कालका लागि कर्जा रोक्नुको विकल्प नभएको बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘तरलता अभावका कारण निक्षेपको ब्याज बढाएर महँगो कर्जा प्रवाह गर्नुपर्ने वाध्यतामा हामी छौं,’ उनले भने, ‘त्यसो गर्नुभन्दा बैंकले प्रतिबद्धता गरे बाहेक नयाँ कर्जा रोक्नुपर्छ। हामी नयाँ कर्जा दिन सक्ने अवस्थामा छैनौं।’।

ब्याज बढाएर निक्षेप आकर्षण गर्नुभन्दा कर्जा प्रवाह रोक्नु राम्रो हुन्छ भन्ने निष्कर्षमा बैंक पुगेका छन् ।

बैंकले कर्जा प्रवाहमा रोक लगाए आर्थिक गतिविधिमा संकुचन आउनेछ। लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए।

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  २ : २७ बजे