१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

कुर्घामा होमस्टे महोत्सव शुरु



शिवलाल सुवेदी, गुल्मी ११ पुस ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका कुर्घामा पहिलोपटक ‘होमस्टे महोत्सव’ सुरु भएको छ । मुसिकोट नगरपालिका–६, स्थित स्वाँराका गुरुङ समुदायले होमस्टेको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ सोमबारदेखि होमस्टे महोत्सव सुरु गरेका हुन् ।
महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । होमस्टे महोत्सवमा गुरुङ समुदायका विभिन्न कला, संस्कृति झल्किने वस्तुहरु प्रर्दशनीमा राखिएको छ भने गुरुङ्ग समुदायका विभिन्न नाचगानहरु समेत प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । महोत्सवलाई सांगीतिक बनाउन राष्ट्रिय कलाकारहरुलाई समेत निम्त्याएको आयोजकले जनाएका छन् । यो होमस्टेमा पुगेर मौलिक सस्कृतिसँग साक्षात गर्न त पाइने नै छ, अर्गा्निक खानाको स्वाद लिन समेत सकिने आयोजकले जनाएका छन् । २०६८ सालदेखि गुल्मी उद्योग वाणिञ्य सघंले कुर्घाको स्वाँरा ‘होमस्टे’ सञ्चालनमा आएको भए पनि उचित प्रचार–प्रसारको अभावमा गुरुङ्ग होमस्टे आझेलमा परेको स्थानीय समाजसेवी तथा व्यवसायी ज्ञानहरि सापकोटा बताए । स्थानीय स्तरबाट केही कार्यक्रमहरु हुँदै आए पनि त्यसको प्रभाव न्यून भएकाले महोत्सव नै गरेरै यसको प्रचारप्रसार गर्न लागिएको हो सापकोटाले भने‘ अव होमस्टेको विकास अगाडि बढ्छ ।’ यता होमस्टेको विकास र प्रचार प्रसार गर्नका लागि पछिल्लो समय मुसिकोट नगरपालिकाले पनि वजेट विनीयोजन गरेको छ । जिल्लामै रहेको एक मात्र होमस्टेको विकास गदै पर्यटकहरुलाई भित्राउनका लागि पहल गरेका छौ मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले भने‘ अहिले महोत्सव नै चलाएर यसको प्रचार प्रसार गर्न लागेका हौ, अवश्य यो होमस्टे पर्यटकहरुको गन्तब्य बन्नेछ ।’

प्रकाशित मिति : ११ पुस २०७४ मंगलबार ००:००  २ : ३५ बजे